जोडिनुहोस
  • होमपेज
  • प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो

प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकामा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप लगाए । सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढे मात्रै स्वाभाविक हुने बताए ।

उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालोबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’ सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका