जोडिनुहोस
  • होमपेज
  • भारतमा भागदौडमा १२१ जनाको मृत्यु भएको कार्यक्रमका मुख्य आयोजक पक्राउ

भारतमा भागदौडमा १२१ जनाको मृत्यु भएको कार्यक्रमका मुख्य आयोजक पक्राउ

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा १२१ जनाको मृत्यु हुने गरी भागदौड मच्चिएको गत हप्ताको धार्मिक सत्संग कार्यक्रमका प्रमुख आयोजकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको शुक्रबार राति देवप्रकाश मधुकर नामका ती व्यक्तिलाई प्रहरीले नयाँ दिल्लीको नाजफगढमा पक्राउ गरेर उत्तर प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको छ । गएको बिहीबार पनि प्रहरीले कार्यक्रम आयोजकमध्येकै ६ जनालाई पक्राउ गरेको थियो । तर, सो कार्यक्रममा वाचक मानिएका व्यक्ति कथित भोले बाबाको बारेमा भने केही पनि जनाइएको छैन । भागदौड मच्चिदा मानिसहरुको मृत्यु भएको जनाइएको थियो । जसमा अधिकांश महिला र केटाकेटी थिए ।

उनका वकिल एपी सिंहले भने केही असामाजिक तत्वका कारण सो घटना भएको जनाउँदै भोले बाबामाथि आपराधिक षड्यन्त्र भएको आरोप लगाएका छन् । मुख्य आयोजकलाई स्थानीय प्रशासनले ८० हजारसम्म मानिस उपस्थित गराउन अनुमति दिएकोमा कार्यक्रममा सो संख्या बढेर दुई लाख ५० हजारसम्म पुगेको जनाइएको छ । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका