जोडिनुहोस
  • होमपेज
  • जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो ।

राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । जसपा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको दल हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका