जोडिनुहोस
  • होमपेज
  • रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिए । उपचारका निम्ति उनीहरूलाई रुकुमकोट पठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका