जोडिनुहोस
  • होमपेज
  • ‘रवि लामिछाने क्लब’बाट निकालिए पनि घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

‘रवि लामिछाने क्लब’बाट निकालिए पनि घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदमुक्त गरेपछि डा. मुकुल ढकालले ‘घण्टी बज्न नरोकिने’ प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफू ‘रवि लामिछाने क्लब’बाट निष्कासित भएको टिप्पणी गरेका हुन् ।

‘रविको पार्टी’बाट रास्वपा बनाउने संकल्प नरोकिने उनले उल्लेख गरेका छन् । “रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,” ढकालले फेसबुकमा लेखेका छन् ।

रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । उनलाई साधारण सदस्य भने राखिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका