जोडिनुहोस
  • होमपेज
  • पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : सांसद ढकाल

पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : सांसद ढकाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको बताएका हुन् ।

सांसद ढकालले भने, ‘हामीले ६६ औँ संसद् दिवस मनायौँ । पूर्वसांसद मञ्च र संघीय संसद्को संयुक्त आयोजनामा यो मनाइएको हो । पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । र उहाँहरूले केही मागहरू पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरूमा पूर्वसांसदहरु जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न । उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद ढकालले पूर्वसांसदहरुले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका