जोडिनुहोस
  • होमपेज
  • जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाइ मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन’ पनि पेस गरे । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्राधिकरणसम्बन्धी पत्र पढेर सुनाइएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका