जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन

पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका संस्थापक अल्ताफ हुसैनले आफू राजनीतिक, प्रशासनिक तथा आर्थिक क्षेत्रमा सेनाको हस्तक्षेपको विपक्षमा रहेको बताएका छन् ।

अखिल पाकिस्तानी मुत्थैदा विद्यार्थी संगठनको सभालाई सम्बोधन गर्दै हुसैनले आफू पाकिस्तानी सेनाको पक्षमा रहेको भएपनि राजनीतिक क्षेत्रमा पाकिस्तानी सेनाले हस्तक्षेप गर्न नहुने धारणा राखेका हुन् ।

सेनाको जिम्मेवारी मुलुकको रक्षा गर्नु रहेको भन्दै उनले सेनाले त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे । उनले पाकिस्तान बेलायती शासनबाट स्वतन्त्र भएको ७६ वर्ष भइसकेपनि मुलुकका वर्तमान शासकमा आफूलाई मालिक र जनतालाई गुलाम सोच्ने प्रवृत्ति अझै रहेको जिकिर गरे ।

सेनाका अधिकारी र जमिन्दारबाट मुक्ति नपाउँदासम्म पाकिस्तानी जनता स्वतन्त्र हुन नसक्ने उनको राय छ । उनले पाकिस्तानी जनतामाझ फुट ल्याउन पाकिस्तानको गुप्तचर संस्था आईएसआई नै सक्रिय रहेको पनि आरोप लगाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका