जोडिनुहोस
  • होमपेज
  • रोटरी क्लब अफ पोखरा लेकसाइडको पदस्थापन

रोटरी क्लब अफ पोखरा लेकसाइडको पदस्थापन

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो ।

प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइराला रहेका हुन् । उनले पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । उनले रोटरी लेकसाइडका सल्लाहकार समेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका छन् । क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन् । क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल डिष्ट्रिक्ट गभर्नर हुन लागेकोमा खुसी व्यक्त गरे । वर्ष २०२४/२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सनबारे प्रस्तुत गरेका छन् ।

क्लबको स्मारिका ‘द फेवा’ विमोचन समेत गरिएको छ । कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले, धन्यवाद प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरेका हुन् । बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा क्लबका अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका