जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न भातृ संस्थालाई कांग्रेसको निर्देशन

बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न भातृ संस्थालाई कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोसम्बन्धी जानकारी दिए ।

विज्ञप्तिमार्फत कांग्रेसले उद्धार र राहतको कार्यमा सहयोग पुर्‍याउन निर्देशन दिएको छ । साथै, पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न पनि अपिल गरेको छ । कांग्रेसले नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

“यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ,” विज्ञप्तिमा लेखिएको छ । यस्तै, सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पनी सरकारसँग कांग्रेसको माग छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका