जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • जनमतमा सचिव साहसहित सातजना निलम्बित

जनमतमा सचिव साहसहित सातजना निलम्बित

काठमाडौं– जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद साह (वीपी)सहित ७ जनालाई निलम्बन गरेको छ । जनमतले बुधबार विज्ञप्ति जारी गरेर पार्टी सचिव साहसँगै ७ जनालाई निलम्बन गरिएको जनाएको छ ।

पार्टीको केन्द्रीय अनुशासन विभागकी सदस्य सचिव अनिताकुमारी मण्डलका अनुसार साहसँगै केन्द्रीय सदस्य रामेश्वर यादव पनि निलम्बनमा परेका छन् । जनमतले सिराहाको मिर्चैया नगरपालिका ठेगाना भएका नगर सचिव कृष्णचन्द्र साह, पूर्व नगर सचिव दिपनारायण साह, विद्यार्थी नेता अरबिन्द साह, साधारण सदस्य धिरज कामती र वडा प्रत्यासी अनिताकुमारी यादव पनि निलम्बन गरिएको छ ।

सदस्य सचिव मण्डलले असार २० गते मध्य बानेश्वरस्थित केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई निलम्बन गरिएको बताइन् । आन्तरिक छानविन समितिको प्रतिवेदनमाथि विचार गर्दै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले सातै जनालाई बुधबारबाट लागू हुने गरी ३ महिनाका लागि निलम्बन गरिएको उनले बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका