जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

काठमाडौँ– नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।

सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको उल्लेख छ । केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका