जोडिनुहोस
  • होमपेज
  • राष्ट्र संघमा युक्रेनले ल्याएको प्रस्तावको मतदानमा नेपालसहित ६० मुलुक अनुपस्थित

राष्ट्र संघमा युक्रेनले ल्याएको प्रस्तावको मतदानमा नेपालसहित ६० मुलुक अनुपस्थित

न्यूयोर्क । संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमा रुसले गरिरहेको आक्रमण तत्काल रोक्नुपर्ने र रुसी सेना फिर्ता गर्नुपर्ने तथा अनधिकृत मानिसलाई जापारिजाहिया न्यूक्लियर प्लान्टबाट फिर्ता गर्नुपर्ने संकल्प प्रस्तावको मतदानमा नेपाल, भारत, चीनसहितका मुलुक अनुपस्थित भएका छन् ।

सो सम्बन्धी मतदान बिहीबार भएको थियो । १९३ सदस्य रहेको संयुक्त राष्ट्र संघको महासभामा ९९ मत पक्षमा परेको थियो भने ९ वटा विपक्षमा र ६० अनुपस्थित थिए ।

अनुपस्थित हुने मुलुकान नेपालसहित भारत, बंगलादेश, भुटान, चीन, इजिप्ट, पाकिस्तान, साउदी अरेबिया, दक्षिण अफ्रिका, श्रीलंकालगायत छन् । संकल्प प्रस्तावको विपक्षमा बेलारुस, क्युबा, उत्तर कोरिया, रसिया, सिरिया लगायतका थिए । सो सम्बन्धी मस्यौदा संकल्प प्रस्ताव युक्रेनले अघि ल्याएको थियो भने अमेरिका, फ्रान्स, जर्मनीलगायतका ५० मुलुकले स्पोन्सर गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका