जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २/२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १/१ जनामा सङ्क्रमण देखिएको छ।

गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन। प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको   बताए।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फिजिसियन डाक्टर नन्दु पाठकले अहिले अस्पतालमा फाट् फुट् डेंगु रोगी आएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका