जोडिनुहोस
  • होमपेज
  • तीनजनाभन्दा चौथो व्यक्ति प्रधानमन्त्री हुन खोजे भस्म हुन्छ : अमरेश सिंह

तीनजनाभन्दा चौथो व्यक्ति प्रधानमन्त्री हुन खोजे भस्म हुन्छ : अमरेश सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले तीन नेताभन्दा बाहिर कोही प्रधानमन्त्री बन्न खोजे उ भस्म हुने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको माग माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिन संसद्को रोष्ट्रममा उभिएका डा. सिंहले जहाँ जहाँ सम्झौता भए पनि प्रधानमन्त्री हुने तीन नेता मात्र भएको बताए ।

“जहाँ जहाँ जस्तोसुकै सम्झौता गर्नुस् प्रधानमन्त्री हुने तीनजनामध्ये हो, चौथो व्यक्ति प्रधानमन्त्री हुन खोज्यो भने उ भस्म हुन्छ,” डा. सिंहले भने, “यो देश बिग्रिएको जिम्मा उहाँहरूले लिनु पर्दैन । हामी त यो रोष्ट्रममा उभिएर कहिले काहिँ बोल्न पाएका छौँ । यो देश बिग्रेको जिम्मा हामीले लिने ?”

उनले ओली र देउवाबीचको सहमतिको कुनै अर्थ नभएको बताए । उनले देशमा धेरै त्यस्तो सहमति भएको भन्दै हिजो गिरिजाप्रसादले पनि शेरबहादुरलाई पार्टी एकतापछि कार्यवाहक दिन्छु भन्दै सहमति गरेको भन्दै एकतापछि अर्कैलाई कार्यवाहक दिएको उदाहरण दिए । डा. सिंहले अहिलेको सहमतिले पनि शेरबहादुर देउवालाई लाभ नहुने संकेत गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका