जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असार २९ गते शनिबारको राशिफल

आज २०८१ साल असार २९ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः धार्मिक क्षेत्रमा तनाव हुनसक्छ। व्यापारमा सोचेको भन्दा कम आम्दानी हुनेछ। न्यायिक क्षेत्रमा तपाईंले सोचेको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृषः बोलीको प्रभावले काम बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीको प्रयास सफल बन्नेछ।

मिथुनः संघर्षको फल प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। स्वदेशमा लगानीको अवसर प्राप्त हुनेछ। मनोरञ्जनको नाममा समय बित्नेछ। समयको ख्याल गर्नु राम्रो हुनेछ।

कर्कटः आम्दानी बढ्नेछ। परिवारको सुझावमा अगाडि बढ्नु उचित हुन्छ। गलत व्यवहारले आफन्त टाढा पुग्ने योग छ। सत्य नछोड्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः दिन राम्रो छ। धन प्राप्त हुने योग छ। सामान्य लगानीबाट राम्रो फाइदा हुनेछ। व्यवसायमा फाइदा हुने दिन छ। राजनीतिमा प्रभाव बढ्नेछ। सम्मान प्राप्त हुनेछ। अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ।

कन्याः सन्तानको लागि श्रम गर्नुपर्ने हुनसक्छ। सहयोगीको विश्वास जित्नुपर्ने छ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक प्रेममा सफलता मिल्नेछ।

तुलाः आफू कमजोर भएको महसुस हुनेछ। खानपानमा समस्या हुने देखिन्छ। पढ्न अल्छी लाग्ने देखिन्छ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिकः साथीको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। आफूले आफूलाई सही ठाउँमा उभ्याउने गरी निर्णय गर्नुपर्नेछ। श्रमको मूल्यांकन हुने दिन छ। व्यापारमा भन्दा निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ।

धनुः यात्राको योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा झुकाव बढ्नेछ। योजना सार्वजनिक गरेमा काम असफल बन्नेछ। योजना बनेपछि गोप्य ढंगले काम गर्नुपर्ने दिन छ।

मकरः श्रमको मूल्य अरुले लिने जोखिम छ। लगानी गर्दा बौद्धिक क्षेत्रमा गर्नु राम्रो हुन्छ। प्राविधिक क्षेत्रबाट फाइदा हुनेछ। शेयर कारोबारबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने दिन छ।

कुम्भः तपाईंको पसिनाको फल अर्कोले लिने जोखिम छ। शनिदेवको छाया योग भएकाले धार्मिक कार्यमा सहभागी हुँदा दिन सहज हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। रोकिएको काम बन्नेछ।

मीनः काममा अल्छी बढ्नेछ। सहयोगी साथीले कुरा काट्नेछन्। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारको सहयोगले मनमा हौसला बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका