जोडिनुहोस
  • होमपेज
  • खोलाले बगाउँदा ७ वर्षीया बालिका बेपत्ता

खोलाले बगाउँदा ७ वर्षीया बालिका बेपत्ता

खोलाले बगाउँदा सुर्खेतमा एक जना बालिका बेपत्ता भएकी छन्।

सिम्ता गाउँपालिका–९ स्थित कुदाल खोलाले बगाउँका एक बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डिएसपी वीरेन्द्र बीर विश्वकर्माका अनुसार सिम्ता–९ खान्मकी कल्पना बादीकी ७ वर्षीया छोरी मनिषा बादी बगेर बेपत्ता भएकी हुन्।

बालिका बगेको खबर स्थानीयले प्रहरीलाई गरेका थिए। खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances