जोडिनुहोस
  • होमपेज
  • सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने

सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने

काठमाडौं । सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केहि कमी आउने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार दिउसो मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै न्यून चापीय रेखा सोमबारदेखि कमी आइ नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जनाएको हो ।

यद्यपि सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको जनाइको छ । महाशाखाका अनुसार मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैले वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

महाशाखाले मनसुन न्यून चापीय रेखा नेपाल नजिक भएकोले नेपालमा मनसुन सक्रिय हुने जानकारी सहित असार २३ गते आइतबारसम्म सतर्कताको लागि असार २० गते नै मनसुन विशेष मौसम बुलेटिन जारी गरेको थियो ।

अहिलेको मनसुनलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यसै अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । त्यसैले दैनिक रूपमा सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने ३ दिने मौसम बुलेटिन नियमित हेर्न पनि अनुरोध गरेको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help