जोडिनुहोस
  • होमपेज
  • अग्नि सापकोटाविरुद्धको हत्या मुद्दाको फैसला आज आउँदै

अग्नि सापकोटाविरुद्धको हत्या मुद्दाको फैसला आज आउँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाविरुद्ध रिटको आदेश आज आउँदै छ।

यस रिट बारे संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर आज निर्णय सुनाउने मिति तय भएको थियो। यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो।

आज यही न्यायाधीशहरूको संवैधानिक इजलासले यस मुद्दामा आदेश दिँदै छ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?