जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका