जोडिनुहोस
  • होमपेज
  • ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य

ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल सरकारको नेतृत्व लिँदा दुईजना महिलालाई अवसर दिएका छन् ।

तर उनले दलित समुदायबाट कसैलाई पनि मन्त्रीका रुपमा अवर दिएनन्। एमालेबा छविलाल विश्वकर्मा मन्त्री हुने भनिए पनि अन्तिममा उनी अटाएनन् । एमालेबाट शिक्षामन्त्रीमा विद्या भट्टराई कास्कीबाट प्रत्यक्ष निर्वाचित निर्वाचित सांसद हुन्। तर उनी खसआर्य समूहबाटै मन्त्री भएी छन् ।

यस्तै नेपाली कांग्रेसले पनि मन्त्रीका रुपमा पठाइएकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पनि खस-आर्य समुदायकै हुन् । उनी परराष्ट्रमन्त्री भएकी छन्। आरजु कांग्रेसको समानुपातिक सांसद हुन् । ओलीले मन्त्रिमण्डलाई समावेशी बनाउन नसकेका हुन् । उनले दलित मन्त्रीहरूको प्रतिनिधित्व गराउन चुकेका छन् ।

कांग्रेसबाट जीवन परियार र एमालेका तर्फबाट छविलाल विश्वकर्मालाई मन्त्री बनाउने चर्चा थियो । तर उनीहरू दुवैले अवसर पाएनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका