जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई बेलायतको बधाई, भन्यो– सम्बन्धलाई अझ सुदृढ गर्ने आशा गर्दछौँ

प्रधानमन्त्री ओलीलाई बेलायतको बधाई, भन्यो– सम्बन्धलाई अझ सुदृढ गर्ने आशा गर्दछौँ

काठमाडौं । बेलायतले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ ।

काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएको हो । “प्रधानमन्त्री केपी शर्मा ओली र नवगठित सरकारलाई बधाई तथा शुभकामना,” बेलायती दूतावासले भनेको छ ।

दूतावासले आगामी दिन नेपाल–बेलायत सम्बन्ध अझ सुदृढ पार्ने आशा व्यक्त गरेको छ । “हामी आगामी दिनहरूमा हाम्रो लामो समयदेखिको बेलायत–नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने आशा गर्दछौँ,” दूतावासले भनेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका