जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मधेसका मुख्यमन्त्रीको घोषणा

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मधेसका मुख्यमन्त्रीको घोषणा

जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।

‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौ’, मुख्यमन्त्री सिंहले रातोपाटीसँग भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने जनाए । साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।असार २८ गते काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए । दुई बसमा गरी बेपत्ता भएकामध्ये १२ जनाको शव फेला परेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका