जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि उनी अल्पमतमा परेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीको दुई, एकीकृत समाजवादीको तीन र हाम्रो नेपाली पार्टीको एक गरी आठ जना मन्त्री छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका