जोडिनुहोस
  • होमपेज
  • ओलीलाई शुभकामना दिँदै रविले भने- सुशासनमा सहकार्य गर्न तयार छौँ

ओलीलाई शुभकामना दिँदै रविले भने- सुशासनमा सहकार्य गर्न तयार छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले ओलीसहित सम्पूर्ण मन्त्रीमण्डललाई सफल कार्यकालको शुभकामना दिँदै सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न समेत तयार रहेको बताए। यस्तै संसद्मा भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेसमेत बताएका छन् ।

उनले भनेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्रीमण्डललाई सफल कार्यकालको शुभकामना। हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका