जोडिनुहोस
  • होमपेज
  • दोस्रो शिखर सम्मेलनमा रुस पनि हुनुुपर्ने जेलेन्स्कीको प्रस्ताव

दोस्रो शिखर सम्मेलनमा रुस पनि हुनुुपर्ने जेलेन्स्कीको प्रस्ताव

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन मामिला सम्बन्धी हुने दोस्रो विश्व शिखर सम्मेलनमा रसिया पनि उपस्थित हुनुपर्ने बताएका छन् । गएको जुन १५मा उक्त विषयमा पहिलो शिखर सम्मेलन स्वीजरल्यान्डमा भएको थियो । उक्त सम्मेलनमा विश्वका करिब ९० देशका प्रतिनिधिको सहभागिता भए पनि रसियालाई निम्तो दिइएको थिएन ।

अमेरिकामा भएको नेटो सम्मेलनमा भाग लिएर फर्किएपछि किभमा पत्रकार सम्मेलन गर्दै जेलेन्स्कीले मस्कोसँग प्रत्यक्ष संवादका लागि ढोका खोलेका हुन् । “मेरो विश्वास छ, रसियन प्रतिनिधि दोस्रो शिखर सम्मेलनमा हुनुपर्छ”, उनले भनेका छन् । उनले दोस्रो शिखर सम्मेलनका लागि आवश्यक तयारी भइरहेको र सो भन्दा अघि केही बैठक गरिने जनाएका छन् ।

जस अन्तर्गत उर्जा सम्बन्धी बैठक कतारमा हुनेछ भने खाद्य सुरक्षा सम्बन्धी बैठक टर्कीमा हुनेछ । बन्दी आदानप्रदान र मानवीय मामिला सम्बन्धी बैठक क्यानडामा हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका