जोडिनुहोस
  • होमपेज
  • नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : पारस खड्का

नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् ।

बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको बताए ।

नेपालले विश्वकपमा बेहोरोको हार दु:खद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनको भनाइ छ । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई थप बलियो बनाउन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको बताए । अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे । कार्यक्रममा वाईवाईले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका