जोडिनुहोस
  • होमपेज
  • चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

काठमाडौँ– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ ।

आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास कारण भने खुल्न नसकेको बताइएको छ । चीनको सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित फुटेजमा १४ तले भवनमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका