जोडिनुहोस
  • होमपेज
  • युक्रेनलाई दिने सैन्य सहायता कटौती गर्ने तयारीमा जर्मनी

युक्रेनलाई दिने सैन्य सहायता कटौती गर्ने तयारीमा जर्मनी

बर्लिन । जर्मनीले अर्को वर्ष आफ्नो सैन्य सहायता आधा घटाउने तयारी गरेको छ । उक्त रकम करिब आठ बिलियन युरोबाट चार बिलियनमा झार्न लागिएको सरकारले स्वीकृत गरेको मस्यौदा बजेटमा उल्लेख छ ।

अर्थमन्त्री क्रिश्चियन लिन्डरले युक्रेनलाई भविष्यका निम्ति जी–७ को हालैको बैठकबाट बजेट निश्चित गरेको जनाएका छन् । जी–७ को बैठकबाट ‘फ्रोजन’ गरिएको रुसी सम्पत्तिको ब्याजमार्फत युक्रेनका लागि करिब ५० बिलियन डलर उठाउने निर्णय गरिएको थियो ।

जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता गर्ने दाता हो । जर्मनीको सहयोग कटौतीको प्रसंगले युक्रेन र उसका युरोपेली सहयोगीलाई चिन्तित बनाएको छ । किनकि, अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएमा युक्रेनलाई दिइएको अमेरिकी सहयोग काटिन वा रोकिन पनि सक्नेछ । बीबीसीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका