जोडिनुहोस
  • होमपेज
  • डडेलधुरामा महाकाली सतर्कता तह पार

डडेलधुरामा महाकाली सतर्कता तह पार

काठमाडौं । डडेलधुरामा महाकाली नदीको जलसतह बिहीबार सतर्कता तह पार भएको छ । महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन ०३, दिउँसो १२ बजे । डडेलधुरास्थित महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने भूभागमा रहनुहुनेहरूले साँझसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका