जोडिनुहोस
  • होमपेज
  • मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस सरकारमा सहभागि हुन लागेको पुष्टि गरे ।उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि कांग्रेस सहभागि हुन लागेको छ । आजै ५ बजे शपथ ग्रहण हुनेछ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका