जोडिनुहोस
  • होमपेज
  • फिफा वरीयतामा पाँच स्थान उक्लियो स्पेन, शीर्षमा अर्जेन्टिना कायमै

फिफा वरीयतामा पाँच स्थान उक्लियो स्पेन, शीर्षमा अर्जेन्टिना कायमै

काठमाडौं । युरो–२०२४ विजेता स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान उक्लिँदै तेस्रो नम्बरमा पुगेको छ । स्पेन यसअघि वरीयताको आठौँ स्थानमा थियो ।

युरो–२०२४ मा लगातार सात खेलमा विजयी हुँदै स्पेनले उपाधि उचालेको थियो । त्यही प्रदर्शनका कारण स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको हो । वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । अर्जेन्टिनाले अमेरिकामा आयोजित कोपा अमेरिका–२०२४ को फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो ।

वरीयताको दोस्रो स्थानमा फ्रान्स पनि यथावत् छ । इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड यसअघि पाँचौँ स्थानमा थियो । वरीयताको पाँचौँ स्थानमा ब्राजिल छ । ब्राजिल एक स्थान खस्कँदै पाँचौँमा झरेको हो । छैटौँ स्थानमा बेल्जियम छ । बेल्जियम पनि तीन स्थान घटुवामा परेको हो । सातौँमा नेदरल्यान्ड्स, आठौँमा पोर्चुगल, नवौँमा कोलम्बिया र १०औँ स्थानमा इटाली छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका