जोडिनुहोस
  • होमपेज
  • गाजापट्टीमा रोगको संक्रमण रोक्न संघर्ष : यूएनआरडब्लूए

गाजापट्टीमा रोगको संक्रमण रोक्न संघर्ष : यूएनआरडब्लूए

गाजा । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको संक्रमण रोक्न संघर्ष गरिरहेको बताएको छ ।

“उच्च तापक्रम, भीडभाड, पानीको अभाव, र व्यक्तिगत स्वच्छताका सामग्री र कीटाणुनाशक जस्ता स्वास्थ्य स्रोतको आपूर्तिको गम्भीर अभावले विस्थापितहरूमा छालाको संक्रमण र ब्याक्टेरिया प्रदूषणमा वृद्धि भएको छ,“ यूएनआरडब्लूएले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

आफूसँग भएको सीमित स्रोत र उपचार सामग्रीको अभावका बावजुद पनि रोगको संक्रमण नियन्त्रण गर्न र स्वास्थ्य केन्द्रमार्फत यस्तै मामिलाहरूको बढ्दो रोकथाम गर्न ठूलो प्रयास गरिरहेको यूएनआरडब्लूएले जनाएको छ।
एजेन्सीले गाजामा सकेसम्म चाँडो युद्धविराम आवश्यक रहेको कुरामा जोड दियो ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणबाट ८१ जनाको ज्यान गएको छ भने १९८ जना घाइते भएका छन् । यससँगै प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि हालसम्म कुल मृत्यु संखया ३८ हजार ७९४ पुगेको छ भने घाइते हुनेको संख्या ८९ हजार ३६४ पुगेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले बताए । रासस/सिन्ह्वा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका