जोडिनुहोस
  • होमपेज
  • दुई वर्षपछि प्रधानमन्त्री ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्नुहुन्छ : मन्त्री दाहाल

दुई वर्षपछि प्रधानमन्त्री ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्नुहुन्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीपछि कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताए। उनले भने, ‘अघिल्लो दुई वर्ष केपी ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ। त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ। यो खुल्ला छ। त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो। यसलाई सफल बनाउने हो। अब यसलाई असफल हुने छुट छैन। सफल बनाउनुपर्छ।’

५/७ वटा दलहरू मिलेर सरकार बन्दाखेरि कहिले सरकार ढल्ने हो ? टुंगो नभएपछि दुई ठूला दल मिलेको बताए। कांग्रेस एमालेले एउटा प्रतिबद्धता अघि बढेको बताउँदै पहिलेको जस्तो भित्री केही नलुकाइएको सुनाए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका