जोडिनुहोस
  • होमपेज
  • विपत्त व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव

विपत्त व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विपत्त व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकारले अहिले जुन किसिमको विपत्त व्यवस्थापनमा काम गरिरहेको छ। यसले मात्रै पुग्दैन । यसलाई बढी भन्दा बढी अझ युद्ध स्तरमा काम गर्नको लागि सरकारसँग अनुरोध गर्न चाहन्छु’ उनले भने ।

नेपालमा बसोबासको सन्दर्भमा पूर्व अध्ययन नहुने र जथाभावी बस्ती बसाल्ने प्रवृतिका कारण समस्या भएको उनले बताए । भूगोल ख्याल गरेर बस्ती बसाल्ने र विकासका नाममा पहाडमा डोजर चलाउने प्रवृति निरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘कुन ठाउँमा कुन समस्या छ भनेर पूर्व तयारी गर्नुपर्छ। बाढी पहिलो जान सक्ने ठाउँ वा आगलागीको समस्याको विषय छ । हिमाल पग्लिने लगायतको विषय पनि छ’ सांसद शेर्पाले सरकारको ध्यानाकर्षण गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका