जोडिनुहोस
  • होमपेज
  • यूएईविरुद्ध सम्झनाले बनाइन् अर्धशतक

यूएईविरुद्ध सम्झनाले बनाइन् अर्धशतक

काठमाडौं । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालकी ओपनर सम्झना खड्काले ५० रन पूरा गरेकी छन् ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट सम्झनाले ३५ बलमा अर्धशतक प्रहार गरेकी हुन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा सम्झनाको यो पहिलो अर्धशतक हो ।

जारी खेलको १३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रन बनाएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै यूएई, भारत र पाकिस्तान छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका