काभ्रे– काभ्रेका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनः पनौतीमा पुगेर समापन भएको थियो । धार्मिक यात्राका लागि साइकल मार्ग तयार पारेर र्याली आयोजना गरिएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको उनकाे भनाइ छ ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र्यालीले सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताए । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शुभारम्भ गरेका थिए। र्यालीमा दुई सय जना सहभागी थिए ।