जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य एकैदिन तोलामा १३ सयले घट्यो

सुनको मूल्य एकैदिन तोलामा १३ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ । गएको शुक्रबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका