जोडिनुहोस
  • होमपेज
  • देशभर डेंगी संक्रमितको संख्या साढे १६ सय

देशभर डेंगी संक्रमितको संख्या साढे १६ सय

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० नाघेको छ । सन् २०२४ जनवरीयता १८ जुलाईसम्म एक हजार ६५७ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

जसमध्ये जुलाईका १८ दिनमा (१ देखि १८ सम्म) २४३ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२८, चितवनमा ९२, मकवानपुरमा ७३, ओखलढुंगामा ५३, तनहुँमा ५६, भोजपुरमा ५२ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका