जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न रास्वपाको ‘ह्वीप’

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न रास्वपाको ‘ह्वीप’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ ।

प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिने तयारी गरेका हुन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका