जोडिनुहोस
  • होमपेज
  • बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग

बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग

काठमाडौं– नेपाली कांग्रेसले बंगलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहज स्वदेश फिर्ताको वातावरण बनाउन माग गरेको छ ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरूको सुरक्षा एवं इच्छुकहरूलाई स्वदेश फिर्ताको सहज वातावरण निर्माण गरिदिन माग गर्ने निर्णय गरेको हो ।

बैठकले अविरल वर्षाका कारण बाढी डुबान र पहिरोमा परी कयौँ घरपरिवारहरू विस्थापित भएको भन्दै उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरूको खोजी उद्धार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकले बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न कांग्रेसका सबै भातृ र शुभेच्छुक संस्थालाई आग्रह गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका