जोडिनुहोस
  • होमपेज
  • सडक शान्त भए सरकार र प्रतिपक्ष कमजोर भए संसद् निरंकुश हुन्छ : अब्दुल खान

सडक शान्त भए सरकार र प्रतिपक्ष कमजोर भए संसद् निरंकुश हुन्छ : अब्दुल खान

काठमाडौं । जनमत पार्टी संसदीय दलका उपनेता अब्दुल खानले देशमा सामाजिक न्याय हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले ४० लाखभन्दा बढी दलित र १५ लाखभन्दा बढी मुसलमान भएको देशमा यी समुदायबाट मन्त्री बन्न नसक्नु कुन किसिमको सामाजिक न्याय हो भन्दै प्रश्न गरे ।

उपनेता खानले सुशासन र सेवा प्रवाह अहिलेको महत्त्वपूर्ण विषय भएको पनि बताए । उनले यस अवधिमा संघीयता सवलीकरण र सामाजिक न्यायमा ध्यान पुर्‍याउन पनि अनुरोध गरे ।

उनले सडक शान्त भए सरकार निरंकुश हुने र प्रतिपक्ष कमजोर भए सदन निरंकुश बन्ने धारणा राखे ।“सडक शान्त भएपछि सरकार निरंकुश हुन्छ, प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो हुनुपर्छ,” उनले भने ।

उनले पार्टीमा पनि भक्तिगान भन्दा पनि आन्तरिक आलोचना र आत्मालोचना तर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका