जोडिनुहोस
  • होमपेज
  • सर्भरमा समस्या हुँदा देशभरिका यातायात कार्यालयको सेवा प्रभावित

सर्भरमा समस्या हुँदा देशभरिका यातायात कार्यालयको सेवा प्रभावित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयको सेवा प्रभावित भएको छ ।

सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टममा समस्या आएको हो । शुक्रबारदेखि नै केही सुस्त चलेको सर्भ आइतबार समस्या हुँदै सेवा सञ्चालन भए पनि सोमबार भने बिहानदेखि नै सेवा पूर्णरूपमा अवरुद्ध भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

अहिले प्राविधिकहरूले समस्या समाधान गर्ने प्रयास गरिरहेको समेत उनले बताए ।सोमबार पनि सर्भर पूरै डाउन भने नभएको र धेरै नै सुस्त गतिमा केही कामहरू सञ्चालनमा भएपनि सेवाग्राहीको सेवा प्रवाहमा भने समस्या रहेको उनले बताए । सोमबार सवारी जाँचपास, दर्ता तथा नवीकरण लगायतका सेवा प्रभावित भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका