जोडिनुहोस
  • होमपेज
  • ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ

ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिको सोमबार बसेको बैठकमा सांसदहरूसँगको सवाल-जवाफका क्रममा उनले प्रयोग गरेको महसुल उद्योगले तिर्नुपर्ने बताए । ‘हिजो पनि मैले प्रयोग गरेको बिजुलीको पैसा तिर्नु परेको तिर्नु पर्छ भनेको छु । तिर्नु पर्दैन भनेको छैन । अरू विवाद मिलाउँला । यो संसद्मा बोलेको रेकर्ड छ । सत्य कुरा बोल्नुपर्छ । हामी कुनै खेलबाड गर्न, गाली गर्न आएको होइन । देश र जनताका लागि काम गर्न आएको हो ।’

उनले सरकारलाई लाञ्छना लाउनु उपयुक्त नहुने बताए । ‘म कुनै आवेशमा छैन । आवेगमा छैन । तर झुटा लाञ्छनाबारे सबैजना जबाफदेही हुनुपर्छ । सदनको मर्यादा राख्नुपर्छ । झुटा कुरा गर्नु हुँदैन । सदनलाई हल्ला गर्ने ठाउँ बनाउनु हुँदैन’, उनले भने । आइतबारको संसद्‍ बैठकमा विद्युत् महसुल नतिर्ने उद्योगहरूमा तत्काल बिजुली जोड्न ओलीले दिएको निर्देशनबारे प्रश्न उठेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका