जोडिनुहोस
  • होमपेज
  • इजरायलमा केयर गिभरमा दुई हजार श्रमिक पठाइने

इजरायलमा केयर गिभरमा दुई हजार श्रमिक पठाइने

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो ।

गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो ।

अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ ।

यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ ।

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेसम्म पत्तो लागेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका