जोडिनुहोस
  • होमपेज
  • सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई बस र यात्रुको मंगलबार १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, उक्त क्षेत्रमा राडरले शंकास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो वेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको उनले उल्लेख गरे । उनले शंकास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।

यसअघि भेटिएका भनिएका २५ शवमध्ये सातको सनाखत भएको थिएन । ती सातमध्ये एक शव उक्त दुर्घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार, नदीमा हामफालेकी पाल्पाकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको संख्या २४ मा झरेको छ । तीमध्ये ६ को सनाखत हुनसकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६ पुरुषका हुन् । दुई महिला शव छ । सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । पाँच शव भारतीय नागरिकका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका