जोडिनुहोस
  • होमपेज
  • सबैभन्दा बढी आयात वीरगन्ज भन्सारबाट

सबैभन्दा बढी आयात वीरगन्ज भन्सारबाट

काठमाडौं । नेपालमा आयात गरिने वस्तुमा सबैभन्दा बढी वीरगन्ज भन्सारबाट भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकानुसार आयातको कुल हिस्सामध्ये ३४.३० प्रतिशत वीरगन्ज भन्सारले ओगटेको छ ।

गएको आर्थिक वर्षमा कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको भएको थियो । त्यसमध्ये वीरगन्ज भन्सारबाट पाँच खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँको आयात भएको छ ।

भैरहवा भन्सारबाट दुई खर्ब ४२ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ । सुक्खा बन्दरगाहबाट दुई खर्ब तीन अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ । विराटनगर भन्सारबाट एक खर्ब ६८ अर्ब २९ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयबाट एक खर्ब ४५ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भने टीआईए भन्सार कार्यालयबाट भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त भन्सारबाट एक वर्षमा कुलको २२.५४ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार, गत वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । त्यस अवधिमा टीआईए भन्सारबाट मात्र ३४ अर्ब ३५ करोड चार लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, विराटनगर भन्सारबाट ३१ अर्ब १४ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । वीरगन्ज भन्सारबाट ३१ अर्ब १३ करोड २२ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ । गौतमबुद्ध अन्तर्राष्ट्रि भन्सार कार्यालयबाट आठ लाख ८४ हजार रुपैयाँको आयात भएको छ । उक्त भन्सारबाट निर्यात भएको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट २७ करोड ७४ लाख रुपैयाँको आयात भएको छ । त्यहाँबाट पनि निर्यात शून्य छ । पोखरा र गौतमबुद्धसहित १० भन्सार कार्यालयबाट निर्यात शून्य छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका