जोडिनुहोस
  • होमपेज
  • बदनाम गरेको भन्दै गजेडी माविको आपत्ति

बदनाम गरेको भन्दै गजेडी माविको आपत्ति

काठमाडौं । नामलाई लिएर सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै रुपन्देहीको गजेडी माध्यमिक विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक, कपोकल्पित र अनगर्ल प्रचारको भर्त्सना गरेको छ ।

स्थानीय थारु भाषाअनुसार गजेडीको अर्थ हात्तीको वासस्थान भए पनि यसलाई नबुझी नामलाई जोडेर गलत प्रचार गरिएको विद्यालयको भनाइ छ ।

आगामी दिनमा यस्ता आपत्तिजनक कार्यलाई निरन्तरता दिए साइबर कानुनअनुसार कारबाहीमा जाने विद्यालयले चेतावनी दिएको छ । विद्यालयको नाम र एसईईको नतिजा समेतलाई जोडेर पछिल्लो समय सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको थियो । कञ्चन–२ रुपन्देहीमा साविकको गजेडी गाविस समेत थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका