जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पर्यटन बोर्ड कोमामा छ, बैठक नबसेको लामो समय भयो : सांसद खनाल

पर्यटन बोर्ड कोमामा छ, बैठक नबसेको लामो समय भयो : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशले १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिरहँदा पर्यटन बोर्ड भने लामो समयदेखि बैठक बस्नै नसक्ने स्थितिमा पुगेको बताए ।

“१६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । तर, नेपालको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना गरिएको नेपाल पर्यटन बोर्ड भने कोमामा पुगेको छ । लामो समयदेखि बैठक बस्न सकेको छैन । अर्बौ सम्पत्ति भएको बोर्डले आम्दानीको २० प्रतिशत पनि खर्च गर्न सकेको छैन,” उनले भने ।

सांसद खनालले विश्वस्तरीय पर्यटन मेलाहरूमा सहभागी हुन नेपालको खरिद ऐन नै बाधक रहेका पर्यटन व्यवसायीहरूको गुनासो रहेको तर्फ सरकारको ध्यानाकर्षण गराए । “नयाँ पर्यटनमन्त्री आशा लाग्दा नेता हुनुहुन्छ उहाँलाई शुभकामना दिँदै नेपालको अर्थतन्त्रको आधारशिला रहेको पर्यटनक्षेत्र चलायमान गराउन ध्यानाकर्षण गराउँछु,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका