जोडिनुहोस
  • होमपेज
  • विरोध गर्ने दलहरूले संविधान नै राम्रोसँग पढेनन् : शेखर कोइराला

विरोध गर्ने दलहरूले संविधान नै राम्रोसँग पढेनन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले संविधान नै राम्रोसँग अध्ययन नगरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको बताए । उनले संविधानमा भएका कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।

“संविधान संशोधनको कुरा गर्दा यसपटक संसद्‌मा दुई तीनवटा कुरा आयो । यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्ने कुराहरू आए । तर, उहाँहरूले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरवलोकन गर्नुपर्छ भन्ने कुरा उहाँहरूले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ,” कोइरालाले भने ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको बताउँदै खुसी व्यक्त गरे । राजनीतिक स्थायित्वका लागि भने निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका